‘बुलबुल’ गीतमा स्वस्तिमाको ‘खुद्राखाद्री माया’ (भिडियो)



‘फ्ल्यास मोब’ शैलीमा चलचित्र ‘बुलबुल’ को पहिलो गीत सार्वजनिक गरिएको छ । देशका प्रमुख पाँच शहरमा एकसाथ नृत्य गर्दै फिल्मको ‘खुद्राखाद्री माया’ बोलको गीत इन्टरनेट रिलिज गरिएको हो । बिहीवार दिउँसो ठिक ४ बजे पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा चलचित्रको गीतमा स्वयंसेवी डान्सरले नृत्य गरेका थिए ।

काठमाडौंको सुन्धारास्थित काठमाडौं हलमा भने ४० बढी डान्सरसँग अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालले एकसाथ ठुम्का लगाए । गीत बज्न थालेपछि मलको पिडीमा एक्कासी कलाकारहरु एकजुट भएर नाच्न थालेका थिए । उक्त गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ ।

कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र सय जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख भएको निर्माण टिमको दाबी छ । अविरल थापा चलचित्रका निर्माता हुन् ।

चलचित्रका निर्देशक विनोद पौडेलले ‘बुलबुल’ ले अभिनेत्री स्वस्तिमाको अभिनयले धेरैलाई चकित तुल्याउने दाबी गर्दै आएका छन् भने उनी स्वयंले पनि यो चलचित्र आफनो करियरकै कोशेढुंगा साबित हुने अभिव्यक्ति दिँदै आएकी छिन् ।

चलचित्रमा स्वस्तिमा र मुकुनका अलावा बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराईलगायतको अभिनय रहेको छ । चलचित्र फागुन ३ मा रिलिज हुँदैछ । उक्त चलचित्रमा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा छिन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu