‘चङ्गा चेट’ बाट माधव वाग्लेले दिए स्पष्टिकरण



नक्कली नोट छापेको अभियोगमा ४ महिना जेल जीवन विताएका निर्माता माधव वाग्लेले शुक्रवारबाट प्रदर्शनमा आएको आफू निर्मित चलचित्र ‘चङ्गा चेट’ बाटै यस विषयमा स्पष्टिकरण दिएका छन् । चलचित्रको एक सिनमा प्रमुख कलाकारहरु नोट मिलाउँदै प्रफुलित देखिन्छन् ।

उक्त दृश्यको तल सोही नोटका कारण निर्माता वाग्ले हिरासतमा परेको उल्लेख गरिएको छ । लेखिएको छ, ‘सुटिङ प्रयोजनका लागि प्रयोग भएको यही नक्कली नोटको कारणले यस चलचित्रका निर्माता माधव वाग्ले हिरासतमा परेका थिए र अझै पनि मुद्धा चलिरहेको छ ।’

२५ लाख घरौटी तिरेर रिहा भएपनि अहिले उनको मुद्धा अदालतमा चलिरहेको छ । उनको साथबाट प्रहरीले १ हजार दरका २ करोड ५२ लाख रुपैयाँको नक्कली नोट बरामद गरेको थियो । उनले पटक-पटक आफूले चलचित्र प्रयोजनका लागि नक्कली नोट प्रयोग गरेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu