नम्रता, विपिन र निश्चल स्टारर ‘प्रसाद’ ट्रेलर रिलिज



तीन स्टार कलाकार नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत अभिनीत चलचित्र ‘प्रसाद’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर शुक्रवार नेपाल आइडलमार्फत् रिलिज गरिएको हो ।

कार्यक्रममा सहभागी हुन निर्देशक दिनेश राउत र अभिनेता बस्नेत पुगेका थिए । निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा चलचित्रले बोल्छ ।


सन्तान नहुँदा श्रीमान-श्रीमतीबीच उत्पन्न हुने मनमुटावलाई ट्रेलरमा देखाइएको छ । विपिन र नम्रताको बैबाहिक जीवनमा अभिनेता निश्चल भिलेन बनेका छन् । ट्रेलरबाट निर्देशक राउतले मूलकथा प्रस्टाउन खोजेका छन्, जसले दर्शकलाई हलसम्म तान्न बाध्य बनाउन सक्छ ।

मंसिर २१ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद’ लाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको चलचित्रमा विकास सुवेदी सह-निर्देशकका रुपमा छन् ।

सुवाष र कोशिष क्षेत्रीको पनि संगीत रहेको चलचित्रमा हिमाल केसीको थ्रिल छ । शिव विकको कोरियोग्राफी रहेको चलचित्रलाई उज्जवल पौडेल, मनोज राठी र गोविन्द शाहीले मिलेर वितरण गर्दैछन् । चलचित्रको ‘लै लै’ र ‘बनकी चरी’ गीतले सकारात्मक प्रतिक्रिया पाएको छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu