अक्षय र रजनीकान्त स्टारर ‘२.०’ ट्रेलर सार्वजनिक



अक्षय कुमार र रजनीकान्त स्टारर चलचित्र ‘२.०’ को ट्रेलर सार्वजनिक भएको छ । हिन्दी र तमिल भाषामा ट्रेलर सार्वजनिक गरिएको हो । ५ सय करोडमा बनेको यो चलचित्र एक्सनबाट भरपूर छ । तर, एक्सनको शैली फरक छ । चलचित्रमा लडाइँ आधुनिक तरिकाबाट देखाइएको छ ।

एक्सन निकै खतरनाक देखिएको छ । अक्षयको लुक खतरनाक छ र चलचित्रमा उनको अपिरेन्स डरलाग्दो छ । उनी आफ्नो गेटअपका कारण डर पैदा गर्न सफल छन् । ट्रेलरमा संवाद कम एक्सन बढी छ । अक्षयलाई चलचित्रको ट्रेलरमा सेलफोन प्रयोग गर्नेहरुको दुश्मनको रुपमा देख्न सकिन्छ ।

गजबको भिजुअल इफेक्ट्स र अक्षय र रजनीकान्तको उत्कृष्ट डाइलग र एक्सनले ट्रेलरलाई विशेष बनाएको छ । चलचित्रलाई एस शंकरले निर्देशन गरेका हुन् । चलचित्रमा रजनीकान्त र अक्षय कुमारका अलावा अभिनेत्री एमी ज्याक्सन पनि प्रमुख भूमिकामा छिन् ।

निर्देशक स्वयमले यसको पटकथा लेखेका हुन् । ‘२.०’ रजनीकान्तको फिल्म ‘एन्थरिन’ को सिक्वेल हो । पछिल्लो चलचित्रमा उनले रोबोटको भूमिका निभाएका थिए । यसपटक उनी निकै मोर्डन र एडभान्स लुकमा प्रस्तुत छन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu