‘चङ्गा चेट’ को सुखद ओपनिङ



‘गोजीमा दाम छैन’ गीतका कारण चर्चामा रहेको दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चङ्गा चेट’ ले घरेलु बजारमा सुखद व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन ६० र दोस्रो दिन शनिबार चलचित्रले ८०/८५ प्रतिशत आसपासमा अकुपेन्सी कायम गरेको निर्माण टिमबाट जानकारी प्राप्त छ ।

‘चलचित्रको ‘वर्ड अफ माउथ’ एकदमै राम्रो छ’, निर्देशक खनालले भने, ‘शुक्रबारभन्दा शनिबार देशभर दर्शकको चाप बढेको छ । मल्टिप्लेक्स र सिंगल पर्दा कुनै खाली छैन । देशभर चलचित्रको व्यापार राम्रो छ ।’ उनले दर्शकले कमेडी पाटोलाई मन पराएको बताए । दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले तनाव कम भएको पनि बोले ।


शुक्रबार र शनिबार मुलुककै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले चलचित्रलाई बाँडेको अधिकांश सोज हाउसफुल रहे । बाँकी मल्टिप्लेक्ससमा पनि दर्शकको उपस्थिति सन्तोषजनक रहेको निर्माता माधव वाग्ले बताउँछन् । मध्यमवर्गिय दर्शकको चाप रहने गोपी, अष्टनारायण, गुण, गंगालगायतका हल पनि शनिबार बिहानैदेखि हाउसफुल रहेका छन् ।

राजधानी बाहिरको ठूलो बजार पोखरा, बुटवल, चितवन, धरान, इटहरीमा पनि चलचित्र हेर्ने दर्शकको भीड उत्साहजनक रहेको निर्माता वाग्लेले जानकारी दिए । चलचित्रले दुई दिनमा अनुमानित ६० लाख ग्रस कलेक्सन गरेको बताइएको छ । शनिबार कलाकार, निर्देशक र निर्माताले राजधानीका विभिन्न हल पुगेर दर्शक प्रतिक्रिया बुझे ।

शर्मिला पाण्डेको पनि लगानी रहेको चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रबिन्द्र झा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, परमिता आरएल राणालगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu