मंसिर २८ मा किशोर र पृथ्वीको ‘डोली’



मंसिर २८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्र ‘डोली’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । राजबहादुर साने निर्देशित यस चलचित्रलाई किरण नेपालीले निर्माण गरेका हुन् । सामाजिक प्रेमकथामा चलचित्र निर्माण भएको बताइएको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान, अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउँवाला गौतमलगायतका कलाकारले अभिनय छ । यसको स्क्रिप्ट निर्देशक स्वयमले लेखेका हुन् ।

सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको ‘डोली’ लाई जयराम थापाले खिचेका हुन् । शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रका गीतको कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu