अब काठमाडौंमा प्रदीप र जसिताको ‘लभ स्टेशन’



अभिनेता प्रदीप खडका र अभिनेत्री जसिता गुरुङ अहिले चलचित्र ‘लभ स्टेशन’ मा व्यस्त छन् । यो चलचित्रको धमाधम छायांकन भइरहेको छ । चलचित्रमा भेट्रान निर्देशक उज्जवल घिमिरेको एक्सन-कट छ । दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिशत छायांकन सकेर दशैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर झरेको थियो ।

एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायांकन सकेर फिल्म यूनिट दुई दिनअघि काठमाडौं फर्किएको छ । निर्देशक घिमिरेले काठमाडौंमा बाँकी १० प्रतिशत छायांकन भइरहेको जानकारी दिए । तिहारसम्म काठमाडौंको सेड्युल पूरा गर्ने उनको तयारी छ ।

‘लक्ष्मी पुजासम्म करिब ९० प्रतिशत छायांकन सक्दैछौं’, निर्माता मध्येका गोविन्द शाही भन्छन्, ‘अब तिहारपछि बाँकी एउटा गीत मनाङको विभिन्न सुन्दर स्थानमा र एउटा गीत जापानमा खिच्दै छायांकन सम्पन्न गर्नेछौं ।’

‘लभ स्टेशन’ लाई सांगीतिक प्रेमकथामा आधारित पारिवारिक चलचित्र बताइएको छ । जसमा प्रदीप र जसिताले अहिलेसम्मकै उत्कृष्ट काम गरेको निर्देशक घिमिरेको भनाई छ । चलचित्रभित्र ‘लभ स्टेशन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याए । काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले चलचित्र निर्माण गरेका हुन् ।


रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोललगायतको पनि चलचित्रमा अभिनय छ । आलोक शुक्लाको छायांकन रहेको चलचित्रमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । अभिनेता खड्का चलचित्रमा गायकको भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu