बाह्र वर्षपछि एउटै फिल्ममा अक्षय र विद्या



बाह्र वर्षपछि बगेको खोलो फकिन्छ वा फर्किदैन थाहा छैन तर अक्षय कुमार र विद्या बालन भने १२ वर्षपछि एउटै चलचित्रमा देखिने भएका छन् । सन् २०१९ बाट छायांकन सुरु हुने चलचित्र ‘मंगलयान’ मा दुईको जोेडी बाँधिने भएको छ ।

यसअघि उनीहरूले ‘हे बेबी’ मा एकसाथ काम गरेका थिए । भारतको स्पेस प्रोग्रामका विषयमा बन्न लागेको यो तेस्रो चलचित्र हो । यसअघि ‘सारे जहाँ से अच्छा’ र ‘रकेक्ट्री’ यसै विषयमा बनेका थिए ।

यस चलचित्रको कथा अमेरिकी चलचित्र हिडन फिगर्ससँग मिल्दोजुल्दो रहेको चर्चा छ । तर, निर्देशक स्क्रिप्टमा परिवर्तन गर्न कसिएर लागेका छन् ।

चलचित्रमा विद्या र अक्षय वैज्ञानिकको भूमिकामा देखिनेछन् । सोनाक्षी सिन्हा र तापसी पन्नुले पनि चलचित्रमा काम गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu