यस वर्ष चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी अभिनेत्री केकी अधिकारी पुनः दोस्रो पटक चलचित्र निर्माण गर्ने भएकी छिन् । उनले चलचित्रको नाम समेत जुराइसकेकी छन् । चलचित्र नाम ‘कन्याकुमारी’ राखिएको छ ।
हाल चलचित्रको कथा लेखनको काम भइरहेको छ । फिल्ममा पाँच जना नायिका हुने केकीले जानकारी दिइन् । उनीसँगै प्रियंका र ऋचा चलचित्रमा दोहोरिनेछन् । ‘कोहलपुर एक्सप्रेस’ बाट निर्देशनमा डेब्यु गरेका विशाल भण्डारीले नै उक्त चलचित्र निर्देशन गर्ने फाइनल भएको छ ।
फागुनबाट छायांकन सुरु हुने चलचित्र महिला केन्द्रित हुने बताइएको छ । ‘कमेडीसँगै चलचित्रले समाजिक विषयवस्तुलाई उठान गर्नेछ’, उनले भनिन् ।