‘भिलेन’ को पोस्टरसँगै प्रदर्शन मिति घोषणा



अभिनेता निखिल उप्रेतीको प्रमुख भूमिका रहेको चलचित्र ‘भिलेन’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । पोस्टरमा अभिनेता उप्रेतीलाई आँखामा रातो चस्मा र निधारमा रातो टिका लगाएका देख्न सकिन्छ ।

देवेन्द्र पाण्डे निर्देशित ‘भिलेन’ पुष २७ मा आउने भएको छ । द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको चलचित्रलाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् ।

चलचित्रमा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह-निर्मातामा छन् ।

निखिलका अलावा चलचित्रमा शिल्पा पोख्रेल, निशा अधिकारी र कपिल खत्री पनि प्रमुख भूमिकामा छन् । चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu