अन्ततः पुष्पसँग गर्ने भइन् साम्राज्ञीले रोमान्स



नवल नेपालले निर्देशन गर्ने तथा पुनम गौतमले निर्माण गर्ने अनटाइटल प्रोजेक्टमा अभिनेत्री साम्राज्ञी आरएल शाह भित्रिएकी छन् । यसअघि यो चलचित्रमा अभिनेता पुष्प खड्का र बेलायतले भिषा रिजेक्ट गरेपछि लिलिबिली मा प्रदीप खड्कासँग रोमान्स गर्न नपाएकी रेबिका गुरुङ अनुबन्ध भइसकेका छन् ।

अभिनेत्री दीपिका प्रसाईँ पनि चलचित्रमा भित्रिएको बजारमा चर्चा थियो । अन्ततः दीपिकालाई अहिलेकी ‘हटकेक’ साम्राज्ञी आरएल शाहले रिप्लेस गरेकी छन् । हालै निर्माता र अभिनेत्रीबीच कागजी सम्झौता भएको छ । १५ लाख पारिश्रमिकमा अनुबन्ध भएकी उनको जोडी पर्दामा पुष्पसँग बाँधिनेछ । निर्देशक नेपालले चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित हुने जानकारी दिए ।


दीपिकालाई ‘नो’ भनेर साम्राज्ञी रोज्नुको कारण के थियो ? निर्देशक नेपाल भन्छन्, ‘दीपिका जीसँग एक चरण मात्र कुरा भएको हो । मिडियामा उनी अनुबन्धित भएको खबर आउँदा उनले चलचित्र साइन गरेकी थिइनन् । मैले चाहिँ निर्मात्री गौतमसँग साम्राज्ञीलाई नै लिनु पर्छ भनेर भनिरहेको थिएँ ।’

स्क्रिप्ट र भूमिका मन परेपछि साम्राज्ञीले चलचित्र साइन गरेको उनले बताए । साम्राज्ञी शहरिया युवायुवतीले रुचाएकी अभिनेत्री हुन् । निर्देशक नेपाल पारिवारिक चलचित्रमा फिट मानिन्छन् । सहकार्य कस्तो होला ? चलचित्र पारिवारिक भएपनि यसपटक आधुनिकिकरणतर्फ जोड दिएको निर्देशक नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu