‘गोर्खे’ को गीतमा रविन्द्र र अञ्जलीको छमछमी (भिडियो)



तिहारको उपहार स्वरुप चलचित्र ‘गोर्खे’ को पहिलो गीत ‘सिन्की अचार’ सार्वजनिक भएको छ । गीतमा अभिनेता रविन्द्र प्रताप सेन र अभिनेत्री अञ्जली अधिकारी फिचर्ड छन् । गीतमा नग्वा फिन्जु पाख्रिनको शब्द तथा संगीत छ । स्वर अन्जु पन्त र आर सी रिमालले दिएका छन् ।


सन्तोष ढकाल निर्देशित चलचित्रमा अर्जुन गुरुङ, अश्मी लामा, अष्मिता श्रेष्ठ (रानी), एन्जल श्रेष्ठ, सरो तामाङ, सुजन थापा मगर, बलदीप राईलगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रका प्रस्तुतकर्ता हरि लामा हुन् । तिर्थ कोजु र हरि थापा निर्मातामा छन् ।

कोजु इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई निराज कँडेलले खिचेका हुन् । शिव विकको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मले साहसी गोर्खालीको कथा वाचन गर्नेछ । चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu