‘सुश्री सम्पत्ति’ को दोस्रो गीत ‘झुम्की हराए’ सार्वजनिक (भिडियो)



माघ २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘सुश्री सम्पत्ति’ को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमका बीच निर्माण टिमले ‘झुम्की हराए’ सार्वजनिक गरेको हो । गीतमा अभिनेत्री प्रियंका कार्की फिचर्ड छिन् ।

सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा मिना निरौला र राजन इशानको स्वर छ । अभिनेता त्रय सलोन बस्नेत, विनोद न्यौपाने र प्रमोद अग्रहरी पनि गीतको भिडियोमा प्रस्तुत छन् । गीतमार्फत प्रियंका आफ्नो झुम्का हराए तिराउने बताउँदैछिन् ।


सञ्चारकर्मी सुव्रत आचार्य निर्देशित उक्त चलचित्रको ‘हुकुम बक्सियोस्…’ गीत हिट भइसकेको छ । दोस्रो गीतले पनि सफलता नाप्ने निर्माण टिमको विश्वास छ । चलचित्रमा अभिनेत्री प्रियंकाको गेस्ट रोल छ । अभिनेत्री सारा सिर्पाली लिड रोलमा छिन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैंले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । अर्जुन तिवारीले चलचित्र खिचेका हुन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu