भवन निर्माणका लागी दोहोरी गीत प्रतिष्ठानको देउसी



राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राजधानीको हिमालय होटल प्रांगणमा देउसी भैलो खेलेको छ । केन्द्रिय कार्यालय भवन निर्माण सहयोगार्थ खेलिएको देउसी कार्यक्रमबाट एकैठाउँमा २५ लाख रुपैंया बढी उठेको छ ।

मंगलबार साँझ ५ बजेदेखी ९ बजेसम्म बिभिन्न ब्यवसायी तथा समाजसेवीहरुलाई निमन्त्रणा गरी खेलिएको देउसीमा प्रतिष्ठानका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिती थियो । ‘पहिलो दिनको देउसीबाट अनुमानित २५ लाख ६० हजार उठेको छ, आजपनि हामी राजधानीका केहि ठाउँमा देउसी खेल्नेछौं’, प्रतिष्ठानका अध्यक्ष गायक बद्री पंगेनीले भने ।

पंगेनीका अनुसार देउसीबाट उठेको सम्पुर्ण रकम भवन निर्माणमा लगाइनेछ । देउसीमा बिभिन्न संघसंस्थाका ब्यक्तिहरुले भवन निर्माणमा चाहिने गिटी, बालुना लगायतका सामाग्रीहरुपनि सहयोग गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा गायक खुमन अधिकारी, पशुपति शर्मा, दीपक खड्का, गायिका राधिका हमाल, पुर्णकला बिसी लगायतले भट्याएका थिए भने मोडल शंकर बिसी, रश्मी तामाङ, करिश्मा ढकाल, रिना थापा मगर, अन्जली अधिकारी लगायतले नृत्य गरेका थिए ।

चन्द्र शर्माले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ गायक दुर्गाा रायमाझिले पनि आफ्नो प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu