निर्देशक दिनेश राउत निर्देशित नयाँ चलचित्र ‘प्रसाद’ को तीन पोस्टर सार्वजनिक गरिएको छ । तिहारको शुभकामना दिँदै निमाण टिमले लक्ष्मी पूजाको अवसरमा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा ‘प्रसाद’का प्रमुख तीन पात्र प्रस्तुत छन् ।

तीन पोस्टरमार्फत तीन पात्रको फरकफरक भाव व्यक्त गरिएको छ । निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा ‘प्रसाद’ ले बोल्छ । मंसिर २१ गतेबाट चलचित्र प्रदर्शनमा आउँदैछ ।
‘प्रसाद’ लाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको चलचित्रमा विकास सुवेदी सह-निर्देशकका रुपमा छन् । सुवाष भुषालको संगीत रहेको चलचित्रमा हिमाल केसीको थ्रिल छ ।




