एकसाथ ६ चलचित्रमा लोकल सिनेमाको सहकार्य



लोकल सिनेमाले भने एकसाथ ६ नेपाली चलचित्र निर्माणमा सहकार्य गरेको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण कम्पनीले प्रदर्शनको तयारीमा रहेका तीन चलचित्र र निर्माण हुन बाँकी तीन चलचित्रको विषयमा औपचारिक जानकारी दिएको छ ।

उक्त ब्यानरका ६ चलचित्र ‘कथा ७२’, ‘ऐना झ्यालको पुतली’, ‘आलेमैचा’, ‘तँ की म’, ‘विस्मृत्’ र ‘अन्धकार भित्रको उज्यालो’ हुन् । जसमध्ये ‘कथा ७२’ मंसिर २८ गतेबाट प्रदर्शनमा आउने निर्देशक प्रवीण स्याङ्बोले जानकारी दिए । ‘ऐना झ्यालको पुतली’ र ‘विस्मृत्’ पनि प्रदर्शनको तरखरमा छन् । बाँकी तीन चलचित्रको निर्माण २०१९ को मध्यान्तरबाट सुरु हुने कार्यक्रममा जानकारी गराइएको छ ।

तीन चलचित्रमध्ये ‘अन्धकार भित्रको उज्यालो’ बाहेक अन्य फिल्मका लागि छनौट हुन बाँकी रहेको लोकल सिनेमाका सह-संस्थापक आकाश पौडेलले जानकारी दिए । उक्त चलचित्रमा प्रकाश रोह्हा, बलुमाया थापा, ओम बहादुर बुढाथोकीलगायतका कलाकारहरुको अभिनय रहनेछ । फडिन्द्र बुढाथोकी र प्रवेश पौडेलले निर्माण गर्ने चलचित्रलाई भुवन श्रेष्ठले निर्देशन गर्नेछन् ।


चलचित्रको कथा फडिन्द्रले नै लेखेका हुन् । हाल उक्त चलचित्रको प्रि-प्रोडक्शनको काम भइरहेको निर्देशक श्रेष्ठले बताए । यस्तै, ‘आलेमैचा’ लाई आकाश पौडेलले निर्देशन गर्दैछन् । यसमा उनकै स्क्रिप्ट छ । चलचित्र ‘तँ की म’ लाई भने कुशङ राईले निर्देशन गर्नेछन् । वर्षको अन्त्यमा प्रदर्शन गर्ने तयारी भइरहेको ‘विस्मृत्’ का निर्देशक अनिमेष सापकोटा हुन् ।

प्रवीण स्याङ्बो, उत्पल झा र अनिमेष सापकोटाको निर्माण रहेको चलचित्रमा शंकर कार्की, प्रकाश भुजेलको प्रमुख भूमिका छ । चलचित्रमा विजय केसीको स्क्रिनप्ले छ । सुजित विडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ मा अभिनय गर्ने कलाकारको नाम भने खुलाइएको छैन ।

प्रदर्शनको पखाईमा रहेको ‘कथा ७२’ को कथा निर्देशक स्याङ्बोकै हो । लोकल सिनेमा प्रालिको निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा उक्त चलचित्र निर्माण भएको हो । चलचित्रमा आकाश मगर, सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जुलगायतको अभिनय छ । आकाश पौडेल, सुशान्त श्रेष्ठ, प्रवीण स्याङ्बो, रामकृष्ण पोखरेल निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu