‘दि ब्रेकअप’ पोस्टरमा आशिर र शिल्पाको रोमान्टिक अवतार



निर्देशक हेमराज विसी निर्देशित नयाँ चलचित्र ‘दि ब्रेकअप’ पौष २७ गते रिलिज हुँदैछ । यो चलचित्रको हालै ‘आज हाम्रो’ बोलको गीत सार्वजनिक भएको थियो । गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा चलचित्रको निर्माण टिमले फर्स्टलुक पोस्टर रिलिज गरेको छ ।

चलचित्रको सार्वजनिक पोस्टरमा लिड अभिनेता आशिरमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केलाई रोमान्टिक मूडमा देख्न सकिन्छ । शिल्पा, आशिरको काखमा देखिएकी छिन् । बाँकी लिड कलाकारलाई भने पोस्टरमा स्थान दिइएको छैन ।


चलचित्रमा आशिर र शिल्पासँगै इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लिड अभिनयमा छन् । चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो चलचित्रलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।

नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक बिसीको नै हो । चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu