फिल्म रिलिज बारेमा किन बोल्दैनन् कलाकार ?



काठमाण्डौ। फिल्म चल्दा सबैभन्दा बढी फाइदा कलाकार र निर्देशकलाई हुन्छ । निर्माताले त पैसा कमाउँछन् अर्को फिल्म बनाउने या नबनाउने बारेमा सोच्छन् । तर, कलाकारको ब्रान्ड भ्यालु, बजार मुल्य, विदेशी कार्यक्रमको ओइरो सबै छ । फिल्म चल्दा कलाकारले मिडियामा पनि राम्रो स्थान पाउँछन् ।

यसैले पनि होला, बलिउड र हलिउडका कलाकार फिल्ममा अभिनय मात्र होइन, प्रदर्शनको समयमा पनि आफ्नो सक्रियता छाड्दैनन् । किनकी, एउटा फिल्म फ्लप हुँदा कलाकारलाई ठूलो घाटा हुन्छ । तर, नेपालमा यो विपरित छ ।

फिल्ममा अभिनय गर्नुमात्र आफ्नो धर्म ठान्ने सोचाइ नेपालका ‘म स्टार हुँ’ भन्ने कलाकारको सबैन्दा ठूलो दम्ब हो । फिल्मको प्रदर्शन कुन मितिमा गर्ने भनेर उनले निर्मातासँग बोली नै फोर्दैनन् । कलाकारले चाहने हो भने पनि नेपाली फिल्मको प्रदर्शन सही तबरले हुन्थ्यो ।

तर, आफ्नै फिल्म एकसाथ जुध्दा होस् या एकैदिन ४ वटा फिल्म प्रदर्शनमा आउँदा होस्, कलाकार मौन बसिदिन्छन् । कलाकार बोल्ने र प्रचारमा हिँडदिने हो भने निर्माता र वितरकले पनि सोच्नु पर्ने अवस्था आउँछ । तर, विडम्बना ! फिल्मको डबिङ गरेपछि उम्किएको माछो जसरी नेपालमा आफूलाई स्टार भन्ने कलाकार पछि हट्छन् ।

नेपाली फिल्म व्यवसायिक नहुनुको एउटा कारण कलाकारको लापरवाही पनि भएको प्रष्ट छ । कलाकारले औला उठाउने हो भने फिल्म प्रदर्शनको समयमा अनावश्यक भिडन्त हुन रोकिन्छ । तर, यहाँ यस्तो छैन । फिल्म चलेको खण्डमा आफू हिट अभिनेता र अभिनेत्री भएको घमण्ड फुक्दै हिँड्नेहरु फ्लप हुँदा त्यसको जस समेत लिन समेत तयार हुँदैनन् ।

पत्रकारका प्रश्नमा फिल्म प्रदर्शनको अधिकार आफ्नो नभएको भन्दै कलाकार तर्किएको पाइन्छ । तर, कलाकारले पहिले नै प्रदर्शनको बिषयमा छलफल गर्ने हो भने यसले राम्रा कलाकार र राम्रा फिल्म पनि मर्ने थिएनन् कि ?

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu