‘जात्रै जात्रा’ टीजर रिलीज (भिडियो)



काठमाण्डौ। सफल चलचित्र ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को टिजर रिलीज भएको छ । टीजर शनिवार यूट्युबमा सार्वजनिक गरिएको छ ।

‘जात्रै जात्रा’मा दयाहांग राई, बिपिन कार्की, बर्षा राउत, रबिन्द्रसिंह बानिया, रविन्द्र झा लगायतको प्रमूख भूमिका छ । ‘जात्रा’मा भने दयाहांगको अभिनय थिएन । टीजरमा जात्राको बेलामा भागिरहेका तीन कलाकारहरु दयाहाङ राईको जालमा परेको देखाईएको छ ।

प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको निर्माताको रुपमा सिंगे लामा र यादव पौडेल रहेका छन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । यो चलचित्र फागुन १७ गते देखी प्रदर्शनमा आउने जनाईएको छ ।

टीजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu