स्वस्तिमाले ‘दाल भात तरकारी’ छाडिन्, आँचल भित्रिइन्



गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ पछि पुनः मह संचारको ब्यानरमा चलचित्र ‘दाल भात तरकारी’ निर्माण हुँदैछ । तर, फ्लोरमा नजाँदै लिड अभिनेत्रीमा परिवर्तन भएको छ । अभिनेत्री स्वस्तिमा खड्काले समय अभाव देखाउँदै चलचित्र छाडेपछि उनको ठाउँमा निर्माण टिमले अभिनेत्री आँचललाई अनुबन्ध गरेको छ ।

मंसिर पहिलो साताबाट छायांकन सुरु हुन लागेको चलचित्र स्वस्तिमाले छाड्नुको कारण निर्माता किरण केसी समय अभाव बताउँछन् । उनी भन्छन्, ‘स्वस्तिमाले हाम्रो चलचित्रभन्दा अगाडि अर्को एउटा प्रोजेक्ट साइन गरिसकेकी रहेछिन् । छायांकन दुबैको जुध्ने भएपछि सहमतीमै उनले चलचित्र छाडेकी हुन् ।’


खबरअनुसार, विकासराज आचार्यले निर्देशन गर्न लागेको चलचित्र ‘हजार जुनी सम्म’ मा र ‘दाल भात तरकारी’ को सुटिङ जुध्ने भएपछि स्वस्तिमाले विकासराजको चलचित्र रोजेकी हुन् । मह जोडीको चलचित्रमा स्वस्तिमालाई रिप्लेस गरेर आँचलको प्रवेश हुनुले धेरै आश्चर्यमा पारेका छन् । किनकी, उनले यही टिमले निर्माण गरेको ‘शत्रु गते’ खेलेर पछुताएको बयान दिएकी थिइन् ।

किरण केसी प्रस्तुतकर्ता रहेको चलचित्रलाई उनका छोरा सुदन केसीले गर्दैछन् । चलचित्रमा आँचलसँगै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, बर्षा राउतलगायतका कलाकारहरुको प्रमुख भूमिका रहनेछ । चलचित्रले दाल भात तरकारी खान एक व्यक्तिले जीवनमा गर्ने अनेकन संघर्षको कथा वाचन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu