अमेरिकामा बनायो ‘छक्का पञ्जा ३’ ले रेकर्ड



नेपालसँगै चलचित्र ‘छक्का पञ्जा ३’ ले विदेशी भूमिमा पनि रेकर्ड बनाउन सुरु गरेको छ । सपनाको देश अमेरिकामा यस चलचित्रले नयाँ रेकर्ड आफ्नो नाम गरेको छ । यो चलचित्र गएको एक महिनादेखि लगातार चलिरहेको छ ।

नेपालीहरुको बाक्लो बसोबास रहेको अमेरिकाको डालस टेक्सासमा अहिलेसम्म ६४ सोज प्रदर्शन भइरहेको छ । यसअघि कुनै पनि नेपाली चलचित्र यसरी अमेरिकामा नचलेको डालसका लागि अधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्मसले जानकारी दिएको छ ।


सरकारी विद्यालयमा हुने बेथिति र विसंगतिलाई उदाङ्गो पारेको चलचित्र अझै प्रदर्शन भइरहेको नेप्सिनेका सीइओ रायन रेजले बताए । उनी भन्छन्, ”छक्का पञ्जा ३’ को सफलताले हामी नेपाली चलचित्र प्रदर्शकलाई ठूलो हौसला मिलेको छ र यसले निकट भविष्यमा नेपाली चलचित्रको बजारमा दिर्घकालिन प्रभाव पार्नेछ ।”

यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रले १८ करोडमाथि कलेक्सन गरिसकेको खबर छ । दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल शिवहरी पौडेल, दीपिका प्रसाईँ, बुद्दि तामाङ, नीर शाहलगायतका कलाकारहरुको चलचित्रमा अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu