मनीषाले लेखिन् आत्मकथा



नेपाली मुलकी बलिउड अभिनेत्री मनीषा कोईरालाले आत्मकथा लेखेकी छन् । आफ्नो संघर्ष एवं नीजि कुरा ‘हील्ड’ नामक पुस्तकमा बयान गरेकी छन् । उनले शनिबार आफ्नो उक्त पुस्तकको पर्दा हटाइन् ।

मनीषाले किताबको मुख्यपुष्ठको साथ ट्वीट गरेकी छन्, ‘क्यान्सरबाट बचेर जीवनलाई फेरि जिउनु र आफूलाई फेरि पाउनुको एक सबक हो ।’ उनले नीलम कुमारसँग मिलेर उक्त किताब तयार पारेकी हुन् । किताबको उपशीर्षक छ, ‘क्यान्सरले मलाई नयाँ जिन्दगी दियो ।’


मनीषाले क्यान्सरबाट नयाँ जीवनको सुरुवात गरेको ६ वर्ष भइसकेको छ । यो दौरानमा उनले निराशा, अनिश्चितता र डरको सामना गरेकी थिइन् । अब उनको मनोभाव उक्त किताबको पान्नामा अटाइएको छ । उनले हालै संजय दत्तको जीवनीमा आधारित चलचित्र ‘सञ्जू’ मा काम गरेकी थिइन् ।

मनीषालाई वर्ष २०१२ मा क्यान्सर डाइग्नोस गरिएको थियो । उनले किताबमा आफ्नो यही कहानीको बारेमा लेखेकी छन् । वर्क फ्रन्टको कुरा गर्ने हो भने ‘सञ्जु’ मा उनको भूमिकालाई दर्शकले निकै रुचाएका थिए । चलचित्रले बक्सअफिसमा पनि सानदार कमाई गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu