‘सम्हालिन्छ कहिले मन’ मा पूजाले बुझिन् १५ लाख



अभिनेत्री पूजा शर्मा अब चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा व्यस्त हुँदैछिन् । सुदर्शन थापाको निर्देशनमा पुनः काम गर्न लागेकी उनले सोमवार दिउँसो उक्त चलचित्र साइन गरेकी छन् । यो चलचित्रमा पूजा र सुदर्शन दुबै निर्माताको रुपमा रहने छैनन् ।


ए.वि प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण हुनेछ । अमित​ कुमार​ ब​स्नेत​ र​ अजित​ कुमार​ थापाको निर्माण रहने चलचित्रमा अभिनेत्री पूजाले १५ लाख पारिश्रमिक बुझेकी छन् । निर्माता र अभिनेत्रीबीच भएको कागजी सम्झौतामा रकम पनि उल्लेख छ ।

डेढ महिनापछि छायांकन सुरु हुने चलचित्रमा पूजाको अपोजिटमा दुई हिरो हुनेछन् । नव–नायक सोनम तोप्देन पक्का भएपनि अर्को नायकको खोजी भइरहेको छ । स्रोतका अनुसार, अहिले अभिनेता आर्यन सिग्देलसँग कुरा भइरहेको छ ।


पूजा लामो समयदेखि निर्देशक सुदर्शनको क्याम्पमा रहेर चलचित्र गर्दै आइरहेकी छन् । अब दुईको सहकार्य बाहिरी ब्यानरमा पनि हुन थालेकोे छ । म्यूजिकल लभ स्टोरी ‘सम्हालिन्छ कहिले मन’ का लागि अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, सुगम पोखरेलले संगीत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu