‘गोपी’ माघ १८ मा



मल्टिस्टारर चलचित्र ‘गोपी’ पूर्वघोषित मितिभन्दा २ महिना अगाडि सरेको छ । फ्लोरमा निस्कँदै गर्दा निर्माण टिमले चलचित्रको प्रदर्शन मिति चैत १५ गतेलाई तय गरेको थियो । अब यो चलचित्र चैत १५ बाट अगाडि सरेर माघ १८ मा आउने कन्फर्म भएको छ । वितरक मनोज राठीले यो कुराको पुष्टि गरे ।

यो चलचित्र फ्लोरमा निस्कनुभन्दा अगावैदेखि कलाकार इन र आउटका कारण चर्चामा थियो । फ्लोरमा नजाँदै यो चलचित्रबाट अभिनेता खगेन्द्र लामिछाने र बर्षा सिवाकोटीले हात झिकेका हुन् । खगेन्द्रको ठाउँ अभिनेता विपिन कार्कीले लिएका छन् भने बर्षालाई अभिनेत्री बर्षा राउतले रिप्लेस गरेकी हुन् ।

चलचित्रमा अभिनेत्री सुरक्षा पन्त पनि प्रमुख भूमिकामा छिन् । यो चलचित्र अहिले सम्पादन टेवुलमा छ । ‘घामपानी’ फेम्ड निर्देशक दीपेन्द्र लामाले चलचित्र निर्देशन गरेका हुन् । उनी सञ्चारकर्मी पनि हुन् ।

चलचित्रले नीजि व्यवसाय गर्ने क्रममा आइपर्ने पारिवारिक, सामाजिक र नीतिगत अड्चनका वावजुत सफलता हात पार्ने एक युवाको कथा बोल्ने बताइएको छ । आरोही केसी निर्माता रहेको चलचित्रमा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu