२ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ को छायांकन नसकिँदै विदेशमा डिमान्ड बढ्न थालेको छ । अहिले चलचित्रको धमाधम छायांकन भइरहेको छ । गएको शनिबार मात्र चलचित्रको टिजर सार्वजनिक भएको थियो ।
टिजरले सकारात्मक प्रतिक्रिया पाएपछि विदेशमा चलचित्रको डिमान्ड बढ्न थालेको छ । विपिन कार्की, दयाहाङ राई, रबिन्द्र झा, रविन्द्र सिंह बाँनिया, बर्षा राउतलगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको चलचित्र फ्लोरबाटै अष्ट्रेलिया राइट्स बिक्री भएको छ ।
होर होइन होला इभेन्ट र पप अप इन्टरटेन्मेन्टले ३५ लाखमा चलचित्रको अष्ट्रेलियामा प्रदर्शन अधिकार लिएको छ । निर्माता तथा कलाकार रबिन्द्र सिंह बानियाँले अन्य देशहरुमा पनि चलचित्रको प्रदर्र्शनलार्ई लिएर छलफल भइरहेको बताए ।
ब्राण्डहरुसँगको सहकार्य र विदेश राइट्सको बिक्री आँकलन हेर्दा छायांकन नसकिँदै चलचित्र नाफामा जाने निर्देशक प्रदिप भट्टराईको दाबी छ । यो चलचित्र फागुन १७ मा रिलिज हुँदैछ ।