निर्देशक उप्रेती भन्छन्, ‘‘दैलो’ मा नयाँ कलाकार कथाको माग’’



कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ चलचित्र ‘दैलो’ । गीतसंगीत र ट्रेलरका कारण यो चलचित्र यतिबेला चर्चामा छ । चलचित्रले समाजभित्र घटिरहेको यथार्थ घट्ना बोल्ने निर्देशक तथा निर्माता सुरेश उप्रेती बताउँछन् ।

उनी भन्छन्, ‘बनिरहेका चलचित्रभन्दा ‘दैलो’ फरक छ । चलचित्रमा बढी कन्टेन्टलाई ध्यान दिएका छौं ।’ चलचित्रमा उनी स्वयं प्रमुख भूमिकामा छन् । प्रचारलाई निर्माण टिमले व्यापकता दिँदै आएपनि चलचित्रमा निर्देशक उप्रेतीबाहेक अधिकांश नयाँ कलाकार छन् ।

किन नयाँ कलाकारको भीड ? निर्देशक उप्रेती कथाको माग रहेको बताउँछन् । ‘कलाकार नयाँ भएपनि ‘दैलो’ मा सबैले आफ्नो भूमिकालाई न्यायपूर्वक निभाएका छन्’, उनले भने । चलचित्रमा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ ।

अर्जुन उप्रेती तथा यसोदा उप्रेतीको निर्माण रहेको चलचित्रमा सुरेशका अलावा दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ । चलचित्रको कथा निर्देशक उप्रेतीकै हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu