‘भिलेन’ गीतमा शिल्पाको छमछमी (भिडियो)



पुष २७ गतेबाट प्रदर्शनमा आउन लागेको निखिल उप्रेती अभिनीत चलचित्र ‘भिलेन’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘च्यानाकुटी झ्याई झ्याई…’ बोलको गीतमा अभिनेत्री शिल्पा पोखरेललगायतका कलाकार फिचर्ड छन् । अञ्जु पन्त र रामचन्द्र काफ्लेको गीतमा स्वर भरेका छन् ।

एकनारायण भण्डारीको शब्द रहेको गीतमा लाल कुमार बरालले संगीत भरेका छन् । दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठको गीतमा कोरियोग्राफी छ । गीत अवधिभर निखिललाई लुकाइए पनि अन्तिममा भने उनको एक धमाकेदार एक्सन सिन अटाइएको छ ।

द ग्लोबल पिक्चर प्रा।लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । चलचित्रमा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह-निर्मातामा छन् ।

निखिल र शिल्पाका अलावा चलचित्रमा निशा अधिकारी र कपिल खत्री पनि प्रमुख भूमिकामा छन् । चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu