‘जिस्म’ को सिक्वेल बन्दै



दुई वर्ष अगाडि प्रदर्शनमा आएको अर्चना पनेरु अभिनीत चलचित्र ‘जिस्म’ को सिक्वेल ‘जिस्म २’ को अहिले धमाधम छायांकन भइरहेको छ । यो चलचित्र घरेलु बजारमा फ्लप भएको थियो । राजु गिरीले चलचित्र निर्देशन गरेका छन् ।

सिक्वेलको निर्देशन अभिभारा भने उनले निर्देशक सुचिन्द्र परियारलाई दिएका छन् । गिरीको भने लगानी मात्र रहनेछ । अर्को नयाँ फिल्ममा व्यस्त भएका कारण उनले यस चलचित्रको निर्देशनको अभिभारा परियारलाई दिएका हुन् ।


चलचित्रबाट रमेश बिश्वकर्मा र रेजिना भण्डारीले डेब्यु गर्दैछन् । सुरज कुँवरमाथि फिल्म खिच्ने जिम्मेवारी छ । चलचित्रमा अनिल राईको नृत्य, योगेश काजीको संगीत रहेको छ । कथाको माग अनुसार चलचित्रमा ग्ल्यामर सिन पनि राखिएको निर्माता गिरी बताउँछन् ।

सुटिङ सेटबाट प्राप्त तश्बिरमा नव-अभिनेत्री रेजिनालाई बोल्ड अवतारमा देख्न सकिन्छ । चलचित्रमा उनले अर्चनाभन्दा ग्ल्यामर सिन दिएको निर्माता गिरीको दाबी छ । आधाउधी छायांकन सकिएको चलचित्रलाई नयाँ वर्षमा ल्याउने निर्माण टिमको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu