फ्राईडे रिलिजमा ‘दैलो’, ‘गुनगुन’ र ‘अनुग्रह’



यस हप्ताको शुक्रवार तीन नेपाली चलचित्रले एकसाथ प्रदर्शन आरम्भ गरेका छन् । ‘दैलो’, ‘गुनगुन’ र ‘अनुग्रह’ यस हप्ताका लागि प्रदर्शनमा उत्रिएका चलचित्र हुन् । तीनै चलचित्र मल्टिप्लेक्समा लागेका छैनन् । यी मध्यमवर्गिय दर्शक लक्षित चलचित्र हुन् ।

सामाजिक कथामा निर्मित चलचित्र ‘दैलो’ लाई सुरेश उप्रेतीले निर्माण र निर्देशन गरेका हुन् । निर्देशक स्वयं चलचित्रका प्रमुख कलाकार हुन् । उनका अलावा दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ । अर्जुन उप्रेती तथा यसोदा उप्रेती चलचित्र निर्माण गरेका हुन् ।


त्रिकोणात्मक प्रेमकथा वाचन गरेको चलचित्र ‘गुनगुन’ लाई तीन दशकदेखि अभिनयमा सक्रिय कलाकार पुकार भट्टराईको निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रमा सञ्चिता लुइँटेल, रविन्द्रप्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, पुकार भट्टराई, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारीलगायतको अभिनय छ ।

यस्तै, कुमार केसीको निर्देशन रहेको चलचित्र ‘अनुग्रह’ मा सुभाष मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, सञ्जय न्यौपाने, राज गिरी, क्रिस्टिना रार्इ, दीपशिखा सिलवाललगायतको अभिनय छ । चलचित्रले परिवारभित्रको कथालाई उठाएको छ । सन्तोष खवासले चलचित्र निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu