फर्स्टलुक पोस्टरसँगै ‘साइँली’ को प्रदर्शन मिति घोषणा



चर्चित गीत ‘साइँली’ नाम सापटी लिएर निर्माण भएको चलचित्र ‘साइँली’ चैत १५ मा रिलिज हुने भएको छ । फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति पनि घोषणा गरेको हो । पोस्टरमा अभिनेत्री मेनुका प्रधान मात्र फिचर्ड छिन् ।

चलचित्रको टाइटल अनुसार पोस्टर तयार पारिएको निर्देशक रामबाबु गुरुङले बताए । युट्युबमा डेढ करोडको नजर परिसकेको ‘सुन साइँली’ गीतमा मेनुकाको जोडी अभिनेता गौरव पहाडीसँग बाँधिएको थियो । चलचित्रमा पनि यी दुई नै जोडीको रुपमा प्रस्तुत छन् ।


गीतले बोकेको भावलाई चलचित्रमा उतारेको निर्माण टिमको भनाई छ । चलचित्रमा अभिनेता दयाहाङ राई पनि प्रमुख भूमिकामा छन् । गायक हेमन्त राना र गौरव पहारीले मिलेर चलचित्र निर्माण गरेका हुन् ।

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा माओत्से गुरुङ, कृपा सिंह, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको मुख्य भुमिका रहेको छ । निर्देशक गुरुङको कथा रहेको चलचित्रमा विशाल गुरुङ र मोहन थापा निर्मातामा छन् ।

बिजय अवाले, विकाश पुजास र सुवेक्छा केसी सह-निर्माताको रहेको चलचित्रको कार्यकारी निर्माता मणिराज पोखरेल हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि। कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu