सौगात र सलोन स्टारर ‘घनचक्कर’ गीत रिलिज (भिडियो)



पुष १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको अभिनेता द्वय सौगात मल्ल र सलोन बस्नेत स्टारर चलचित्र ‘घनचक्कर’ को पहिलो गीत युट्युब रिलिज गरिएको छ । ‘हिरो’ बोलको गीतमा दुई अभिनेता, नव-अभिनेत्री कश्मिरा लामाका लागि एकअर्कासँग लडिरहेका छन् ।

देव कोइमी र विपिन आचार्यको शब्द संगीत रहेको गीतमा राजेश पायल राई, मान्डवी त्रिपाठी र देव कोइमीको स्वर छ । चलचित्रका निर्देशक जितेन्द्र राजोपाध्याय हुन् । चलचित्रले राजधानीमा आएर स्ट्रगल गर्ने पात्रको कथा भन्छ ।

सौगात र सलोनको यो दोस्रो सहकार्य हो । यसअघि यी दुईले चलचित्र ‘जय भोले’ मा काम गरेका थिए । ‘घनचक्कर’ लाई सुशन प्रजापतिले खिचेका हुन् । चलचित्रमा सरोज खननाल, जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्तिमगरलगायतका कलाकारहरुको पनि अभिनय छ ।

यो चलचित्र भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ र सिमोन राजबंशीको कोरियोग्राफी, मित्र गुरुङको सम्पादन रहेको चलचित्रको कथा अर्जुन सिंहले तयार पारेका हुन् । कागी लिम्बुको स्क्रिनप्ले र डाइलग रहेको चलचित्रमा सौगात र सलोन गाउँले दाजु भाईको भूमिकामा छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu