‘सयकडा दश’ को पहिलो गीत रिलिज (भिडियो)



चलचित्र ‘सयकडा दश’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘दाईलाई कुरा लाइदिनी…’ गीतलाई कल्याण सिंहले कम्पोज गरेका हुन् । तृषला गुरुङ र सन्देश पाठकले गायनमा सहकार्य गरेका छन् । निर्देशक रामशरण पाठक गीतकार हुन् ।

गीतको भिडियोमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल फिचर्ड छन् । भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा चलचित्रले भन्छ । चर्चित हास्यकलाकार मनोज गजुरेल र राजाराम पौडेल पनि चलचित्रमा मुख्य भूमिकामा छन् ।


दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सह-निर्माता हुन् । माघ १८ गतेबाट चलचित्र देशभर प्रदर्शनमा आउँदैछ । निर्देशक पाठकले यसअघि ‘प्रेमगीत २’ निर्देशन गरेका थिए ।

चलचित्रका लेखक निर्देशक स्वंम हुन् । रामेश्वर कार्की छायाँकार हुन् । बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, दीलिप ओखेडाको कोरियोग्राफी रहेको चलचित्रमा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल चलचित्रको कार्यकारी निर्मातामा छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu