ब्रेकअपपछि सलोन स्त्री विहीन (भिडियो अन्तर्वार्ता)



काठमाडौँ । मंसिर २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सुश्री सम्पत्ति’ का कलाकार हुन् नायक सलोन बस्नेत र नायिका सारा सिर्पाली । प्रदर्शन मिति नजिकिँदै गर्दा यतिबेला निर्माण टिमले प्रचारलाई तिव्र बनाएको छ ।

यस्तैमा ठूलोपर्दा टिभीसँग कुरा गर्दैगर्दा अभिनेता बस्नेत र अभिनेत्री सिर्पाली चलचित्रलाई लिएर उत्साहित देखिए । सलोनले ब्रेकअपको बारे पनि बोल्न भ्याए । अभिनेत्री करिश्मा श्रेष्ठसँग ब्रेकअप भएपछि आफू सिंगल रहेको पनि उनले बताए ।

‘रुद्र’ र ‘पिंजडा ब्याक अगेन’ चलचित्रबाट असफलता भोगेकी सारा भने ‘सुश्री सम्पत्ति’ सफल हुनेमा विश्वस्त सुनिइन् । ‘हुकुम बक्सियोस्’ गीतका कारण पनि यो चलचित्र अहिले चर्चामा छ । सारा र सलोनका अलावा विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतको चलचित्रमा अभिनय छ ।

चलचित्रमा नायिका प्रियंका कार्की अतिथी भूमिकामा छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रमा विज्ञान राई, नुनम सुब्बा र रमन शिलाकार निर्माता छन्। चलचित्रमा सुब्रतको कथा, अभिमन्यू निरवी र निर्देशक आचार्यको संवाद, निरवीकै पटकथा र भरत रेग्मीको सम्पादन छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu