शृषाले चोरिन् जीवनको दिल (भिडियो)



‘हल्का हल्का’, ‘उदाउँछ जुन’, ‘वारीमा खोला पारीमा खोला’ लगायतका चर्चित गीतमा काम गरेकी सुन्दरी मोडल तथा गायिका हुन् शृषा कुँवरले अभिनय गरेको ‘त्यो पारी पाखामा’ बोलको गीत सार्वजनिक भएसँगै राम्रो चर्चा पाइरहेको छ ।

गायक राजेश गुरुङको स्वर रहेको गीतमा राजेन्द्र गौतमका शब्द छन् । गायनको सुरुवातमा नै राम्रो संभावना देखाएका गायक राजेशको भिडियोमा अभिनयमा शृषालाई जीवन भट्टराईले साथ दिएका छन् । गीतमा गायक तथा संगीतकार तुला पर्वतले संगीत भरेका छन् ।

गीतको भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका हुन् भने विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । राहुल बराईलीले निर्देशन गरेको भिडियोलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu