हेमराजले बाँधे प्रदीप र साम्राज्ञीको जोडी



निर्देशक हेमराज विसीले निर्देशन गर्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहको जोडी बाँधिने फाइनल भएको छ । शुक्रवार साँझ निर्माण टिम र साम्राज्ञीबीच कागजी सम्झौता भएको छ । प्रदीपले भने अगाडि नै चलचित्र साइन गरेका थिए ।

करीब १५ लाख पारिश्रमिकमा साम्राज्ञीले उक्त चलचित्र साइन गरेको खबर प्राप्त छ । निर्देशक विसी आफू निर्देशित चलचित्र ‘दि ब्रेकअप’ रिलिजपछि उक्त चलचित्रको छायांकन आरम्भ गर्दैछन् । अभिनेता प्रदीप अहिले ‘लभ स्टेशन’ मा व्यस्त छन् भने साम्राज्ञी चाँडै निर्देशक नवल नेपालको चलचित्र गर्ने तयारीमा छिन् ।


साम्राज्ञी र प्रदीपलाई लिएर यसअघि केही निर्माताले चलचित्र निर्माण गर्न नखोजेका होइनन् । ‘छक्का पञ्जा २’, ‘ए मेरो हजुर २’, ‘भैरवी’, ‘लभ स्टेशन’ मा यो जोडीलाई लिन निर्माता/निर्देशकले ठूलै कसरत गरेका थिए । अन्ततः निर्देशक विसी यो जोडीलाई एउटै चलचित्रमा ल्याउन सफल भएका छन् ।

मोस्ट डिमान्डेड दुई स्टारले पहिलो पटक स्क्रिन साझेदार गर्न लागेका कारण अब यो चलचित्रको दर्शकमा व्यग्र प्रतिक्षा रहने पक्का छ । चलचित्रको नाम भने अझै तय नभएको जानकारी प्राप्त छ । बैशाखबाट छायांकन सुरु हुने उक्त चलचित्र रोम-कम जनराको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu