दीपिकाको इन्गेजमेन्ट औंठीको मुल्य २ करोड



बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह भर्खरै विवाह बन्धनमा बाँधिएका छन् । त्यसैले उनीहरूको विवाहसँग सम्बन्धित विषयले सञ्चारमाध्यममा निरन्तर विशेष प्राथमिकता पाइरहेका छन् ।

१४ र १५ नोभेम्बरमा इटलीको मिलानबाट करीब ८४ किलोमिटर टाढा लेक कोमोको किनारामा बनेको सबैभन्दा सुन्दर विला देल बलबियानेलोमा सिन्धी र कोंकणी रितिरिवाजबाट दुईको विवाह भएको हो ।

२ दिन चलेको ग्रान्ड वेडिङमा करोडौं प्रशंसकको नजर अडिएको थियो । विवाह सकिएसँगै कपलले तश्बिर शेयर गरेका छन् । दुबैले इन्स्टामा बिहेको तश्बिर साझेदार गरेका हुन् । अहिले उक्त तश्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । फोटोमा दीपवीरको इन्गेजमेन्ट औंठी पनि देखिएको छ ।

दीपिकाको औंठीको मुल्य करोडौं बताइएको छ । उनको डाइमण्ड रिङ स्क्वायर सेपमा छ । प्रायः राउन्ड सेप डाइमण्ड औंठी देख्ने गरिन्छ । मिडियाको रिपोर्ट अनुसार, यो सिंगल सोलिटेयर स्क्वायर डाइमण्ड रिङको मुल्य भारु २ करोडमाथि पर्छ । इन्गेजमेन्ट रिङका अलावा दीपिकाले अर्को औँलामा पनि औंठी लगाएकी छन् ।

उनको ब्राइडल ज्वेलरी कलेक्सन निकै इन्प्रेसिभ छ । प्रशंसकलाई उनको गेटअप निकै मन परेको छ । यस्तै, तश्बिरमा रणवीर सिंहको पनि औंठी देखिएको छ । तर, उनको रिङको मुल्य भने बाहिर आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu