‘साइनो’ घोषणा, राजकुमारसँग मिरुनाको जोडी



दशक अगाडि प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘साइनो’ को नाम सापटी लिएर नेपालकी प्रथम नायिका भुवन चन्द थापाले चलचित्र निर्माण गर्ने भएकी छिन् । आइतबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको घोषणा गरिएको छ ।

सोमवारबाट छायांकन सुरु हुने चलचित्र ‘साइनो’ मा सबैभन्दा अगाडि अभिनेत्री नीता ढुंगाना अनुबन्ध भएकी थिइन् । अब चलचित्रमा ‘रोज’ फेम्ड अभिनेत्री मिरुना मगरको पनि प्रवेश भएको छ । दुई अभिनेत्रीसँग नव-नायक राजकुमारले रोमान्स गर्ने भएका छन् । रमेश थापाले चलचित्र निर्देशन गर्नेछन् ।


त्रिकोणात्मक प्रेमकथामा आधारित हुने चलचित्रको प्रस्तुतकर्तामा अभिनेत्री चन्द छिन् भने शरण थापा कार्यकारी निर्मातामा छन् । अभिमन्यू ‘निरवी’ ले चलचित्रको कथा तयार पारेका हुन् । कार्यक्रममा प्रमुख कलाकार मिरुना र राजकुमार उपस्थित भए पनि नीता देश बाहिर भएका कारण सहभागी हुन सकिनन् ।

अभिनेत्री मिरुनाले नेपालकी प्रथम अभिनेत्रीको चलचित्रमा आफू आबद्ध हुनु पाउनु सौभाग्यको कुरा रहेको बताइन् । उनी आफूले पाएको भूमिकालाई न्यायपूूर्वक निर्वाहा गर्ने वाचा गर्छिन् । भारतमा बस्दै आएका नव-अभिनेता राजकुमारले अभिनय सिकाउन नेपाल आएपनि भूमिका मन परेका कारण चलचित्रमा अभिनय गर्न लागेको बताए ।

‘साइनो’ मा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । चलचित्र खिच्ने जिम्मेवारी रामेश्वर कार्कीमाथि छ । बनिश शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहने चलचित्रमा रोशन विक्रम भट्टराईको द्वन्द्व रहनेछ ।


काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकलगायतका स्थानमा फिल्म खिचिने बताइएको छ । निर्देशक थापा फिल्मलाई सबै परिवार एकसाथ बसेर हेर्न मिल्ने बनाउने बताउँछन् । चलचित्रमा बसन्त सापकोटाले संगीत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu