अष्टनारायणले ‘गुनगुन’ हटाएपछि निर्माताले गुहारे निर्माता संघ



राजधानीको अष्टनारायण हलले शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेत्री संचिता लुईटेल स्टारर चलचित्र ‘गुनगुन’ शनिबार हटाएपछि निर्देशक तथा निर्माता पुकार भट्टराईले आपत्ति जनाएका छन् । राम्रो व्यापार हुने दिन (शनिबार) चलचित्र हटाएको भन्दै उनले हल सञ्चालकलाई कारवाहीको माग गरेका छन् ।


उनले कारवाहीको माग गर्दै आइतबार चलचित्र निर्माता संघमा लिखित पत्र बुझाएका छन् । पत्रमा निर्मातालाई जानकारी विना नै चलचित्र हटाएको उल्लेख छ । निर्माताको चलचित्र निर्माण र प्रदर्शन गर्ने हक-अधिकारलाई वञ्चित गरि मनोमानी गरेकाले अष्टनारायण हललाई कानुनको दायरामा ल्याएर क्षतीपूर्तीसहित कडा कारवाही गर्न पत्रमा भनिएको छ ।

निर्माता भट्टराईले धेरै पीडित निर्माताको प्रतिनिधित्व गर्दै हल सञ्चालकलाई कारवाहीको माग गरेको बताए । हुनत, ‘गुनगुन’ माथि भएको अत्याचार एक प्रतिनिधि उदाहरणमात्र हो । ठूला भनिएका सिंगल थिएटरबाट नेपाली निर्माताले पटक-पटक सास्ती खेप्दै आएका छन् ।


कलाकार समेत रहेका निर्देशक भट्टराईले ‘गुनगुन’ ले राम्रो व्यापार गरिरहँदा अष्टनारायणले चलचित्र हटाएको बताएका छन् । चलचित्रमा सञ्चिता र पुकारका अलावा रविन्द्रप्रताप सेन, सुवास मेचेलगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu