माघ ४ मा ‘गरुड पुराण’, बाहिरियो पोस्टर



चलचित्र ‘गरुड पुराण’ को पहिलो अनुहार सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सुवास कोइराला निर्देशित यो चलचित्रको प्रदर्शन मिति माघ ४ गतेलाई तय गरिएको छ । फस्टलुक पोस्टरमा भने अभिनेता नाजिर हसेनलाई फरक अवतारमा देख्न सकिन्छ ।

उनी ब्यान्ड मास्टरको रुपमा प्रस्तुत छन् । कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया, प्रियँका सिंह ठकुरी पनि पोस्टरमा अटेका छन् । पारिवारिक प्रेमकथामा आधारित ‘गरुड पुराण’ हास्य प्रधान जनरामा तयार भएको निर्देशक कोइरालाले बताए ।


आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो चलचित्रको कथा कशम नेपालको हो । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रमा लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ पनि मुख्य भूमिकामा छन् ।

रेनेशा बान्तवा राईको कोरियोग्राफी रहेको यो चलचित्रमा कोशिश क्षेत्रीको संगीत, कोशिश र मनिषा पोखरेलको गायन, सुशन प्रजापतिको छायांकन, उज्ज्वल ढकालको सम्पादन रहेको छ । चलचित्रले फरक पृष्ठभुमीबाट आएर काठमाडौंमा बाँच्नका लागि गर्नुपर्ने सघंर्षको कथा भन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu