‘फोर्सेस सिनेमाज’ र ‘स्काई सिनेमा’ ले ‘ब्लाइन्ड रक्स’ प्रदर्शन गर्ने



दृष्टिविहिन युवती सृष्टी केसीमाथि निर्माण भएको बायोपिक चलचित्र ‘ब्लाइन्ड रक्स’ बेलायतस्थित ‘फोर्सेस सिनेमाज’ ले विश्व प्रसिद्ध ‘स्काई सिनेमा’ सँगको सहकार्यमा प्रदर्शन गर्ने भएको छ । नेपालमा व्यवसायिक रुपमा सफल नभएपनि यो चलचित्रको अहिले विदेशमा राम्रो डिमान्ड छ ।

बेलायतको प्रतिष्ठित कम्पनीसँग मिलेर चलचित्र प्रदर्शन गर्नु सिंगो चलचित्र क्षेत्रकै लागि खुसीको कुरा रहेको निर्माता निकेश लिम्बुले बताए । ‘यो अवसर ‘ब्लाइन्ड रक्स’ का लागि मात्र होइन सम्पूर्ण चलचित्र क्षेत्रका लागि ठूलो उपलब्धिको कुरा हो’, उनले भने ।

‘फोर्सेस सिनेमाज’ ले बेलायत सेनामा कार्यरत सैनिक र उनीहरुको परिवारलाई चलचित्र देखाउँदै आएको छ । हलिउड चलचित्रहरु प्रदर्शन गर्दै आएको यो कम्पनीले नेपाली चलचित्र ‘ब्लाइन्ड रक्स’ यही नोभेम्बर १५ र १६ मा बेलायतको क्याटरिकमा ४ शो गर्दैछ ।

रिचार्ड गुरुङ र दीपेन्द्र लिम्बुको संयोजकत्वमा ब्रुनाईमा नोभेम्बर १६ र १८ र राजु लिम्बु र रमेश लिम्बुको संयोजकत्वमा बेलायतको स्विन्डनमा नोभेम्बर २३ मा पनि चलचित्रको शो हुने निर्माता लिम्बुले बताए । मिलन चाम्सको निर्देशित चलचित्रमा अभिनेत्री बेनिशा हमाल, सृष्टिको भूमिकामा छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu