‘सुश्री सम्पति’ पोस्टरमा सारा, सलोन र विनोद



मंसिर २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सुश्री सम्पति’ तीन अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका तीन प्रमुख कलाकार सारा सिर्पाली, सलोन बस्नेत र विनोद न्यौपाने फिचर्ड छन् ।

‘अर्धकट्टी’ निर्देशक सुव्रत आचार्य चलचित्रका निर्देशक हुन् । चलचित्रमा सलोन, सारा र बिनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरीलगायतका कलाकारहरुको अभिनय छ । साथमा अभिनेत्री प्रियंका कार्की विशेष भूमिकामा छिन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू ‘निरवी’ र निर्देशक आचार्यको डाइलग रहेको चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।

चलचित्रलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् । चलचित्रलाई राजधानीमा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । यो चलचित्रको ‘हुकुम बक्सियोस्…’ गीत हिट भइसकेको छ । अर्को हप्ता ट्रेलर रिलिज गर्ने निर्माण टिमको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu