‘न यता न उता’ माघ २५ मा आउने पक्का



मिराज रोश र बिशारद बस्नेतले संयूक्त रुपमा निर्देशन गरेको चलचित्र ‘न यता न उता’ को प्रदर्शन मिति घोषणा गरिएको छ । वितरक र निर्माताबीच चलचित्रलाई माघ २५ मा ल्याउने सहमती भएको छ ।

कमेडी कथामा निर्माण भएको चलचित्रमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दीक्षित, बुद्धि तामाङ, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुभिना तुलाधर, राजन खतिवडा, जयनन्द लामालगायतको मुख्य भुमिका छ ।


ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको चलचित्रमा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन शर्मा लगायतको लगानी रहेको छ । त्रन्त्रालय फिल्म्स र हाइलाइट नेपालको ब्यानरमा चलचित्र बनेको हो ।

‘न यता न उता’ मा राजन इशान र मिलन जलानको संगीत, विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायांकन, निदेशक मिराज रोशको कथा, अभिमन्यु ुनिरबीु को पटकथा तथा संवाद र विपिन मल्लको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu