तेजिन्द्रले ल्याए ‘साँईलीरीमई’ (भिडियो)



हालै चर्चामा रहेको गायन रियालिटी रहेको ‘द भ्वाइस अफ नेपाल’ को टप २४ बाट बाहिरिएरको २ दिनमै गायक तेजिन्द्र गन्धर्व अाफ्नै जीवनकथा बोकेको गीत ‘साँईलीरीमई’ लिएर आएका छन् ।

‘द भ्वाईस’ मा निर्मला हत्याकाण्ड बारे ‘घटना’ गीत गाएर थप चर्चित भएका तेजिन्द्रको ‘साँईलीरीमई’ गीतमा उनि आफैले अभिनय पनि गरेका छन् ।

डि.पी खनालको शब्द रचना रहेको गीतमा, संगीत शंकर थापा ‘स्माइल’को रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

ललितपुरको रमणीय ग्रामीण क्षेत्र डुकुछापमा छायांकन गरिएको भिडियोमा अनिल के मानन्धरको छायांकन, बिकास ज्ञवालीको सम्पादन र बिकाश सुवेदीको निर्देशन रहेको छ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu