निश्चल भन्छन्, ‘अब मन पर्ने र इच्छा लागेको चलचित्र मात्र गर्छु’



पछिल्लो चलचित्र ‘लुट २’ पछि निर्देशक निश्चल बस्नेतले कुनै चलचित्रमा हात हालेका छैनन् । बरु, उनको व्यस्तता अभिनयतर्फ बढ्दो छ । मंसिर २१ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रसाद’ मा प्रमुख भूमिका निभाएका उनले ‘लुट २’ बाट घैंटोमा घाम लागेको बताउँछन् ।

सोमबार राजधानीको मौरी रेस्टुराँमा पत्रकारसँग गफिँदै उनले भने, ‘मलाई चलचित्र बनाउन टाइम लाग्छ । अब आफूलाई हेर्न मन पर्ने र इच्छा लागेको चलचित्र मात्र गर्छु ।’ उनले जुनसुकै चलचित्र ल्याएर भएको नाम पनि बदनाम बनाउन नचाहने बताए ।

निश्चल निर्माता र अभिनेताको रुपमा भने दर्शकमाझ पुगिरहने वाचा गर्छन् । ‘लुट २’ गरेर ‘गिल्टी फिल’ भएको हो ? पत्रकारले उनलाई प्रश्न गरे । गिल्टी फिल नभए पनि आफूले सोचे जस्तो बनाउन भने नसकेको उनले स्वीकार गरे ।

‘‘लुट २’ गरेपछि मैले महशुस गरेको कुरा के भने पहिलो पाइला नै मैले गलत रोजिसकेको रहेछु अनि चलचित्र कसरी राम्रो हुन्छ । चलचित्र स्टोरी जस्टिफाइ गर्नका लागि भनिएकै छैन । क्यारेक्टर जस्टिफाइ गर्न स्टोरी भनिएको छ । गडबडी नै त्यहाँ भइसकेपछि मैले धेरै अपेक्षा गर्नु नै गलत थियो’’, उनले भने ।

निश्चलले अर्को वर्षसम्म फिल्म निर्देशन गर्ने सोचमा नभएको पनि स्पष्ट पारेका छन् । उनी थप्छन्, ‘अरुलाई होइन अब मलाई चित्त बुझेको चिजमात्र लिएर आउँछु ।’ उनले ‘लुट २’ पछि ‘दिमाग खराब’ र ‘फनफनी’ निर्देशन गर्ने घोषणा गरेका थिए । उनका अनुसार, कथावस्तु चित्त नबुझेपछि उक्त प्रोजेक्ट थन्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu