‘गरुड पुराण’ को गीतमा निश्चल



‘लुट २’ पछि चलचित्र निर्देशनमा नफर्किएका निर्देशक निश्चल बस्नेतलाई अहिले चलचित्रमा अभिनय गर्नेमा नै भ्याइनभ्याइ छ । मंसिर २१ गते उनी अभिनीत चलचित्र ‘प्रसाद’ रिलिज हुँदैछ भने अर्को फिल्म ‘गरुड पुराण’ को गीतमा पनि देखिँदैछन् ।

बिहीवार सार्वजनिक हुने चलचित्रको ‘म त पिरिममा’ बोलको गीतमा निश्चलले ठुम्का लगाएका छन् । माघ ४ मा रिलिज हुने चलचित्रमा उनको अभिनय छ वा छैन ? निर्माण टिमले खुलाएको छैन । गीतमा निश्चलसँगै कर्मा, प्रियंका सिंह ठकुरी र अन्जली योन्जन देखिएका छन् ।

गीतमा कोशिश क्षेत्री संगीत रहेको छ भने यसलाई दिनेश राउतले लेखेका हुन् । गीतमा कोशिश र मनिषा पोखरेलको आवाज रहेको छ । कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन् । पारिवारिक प्रेमकथामा आधारित ‘गरुड पुराण’ हास्य प्रधान जनरामा तयार भएको निर्देशक सुबास कोइरालाले बताए ।

नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटालगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu