नम्रता भन्छिन्, ”प्रसाद’ मा चुनौतीपूर्ण भूमिकामा छु”



पछिल्लो चलचित्र ‘पर्व’ रिलिजको १८ महिनापछि पर्दामा फर्किएकी छिन् अभिनेत्री नम्रता श्रेष्ठ । उनी अभिनीत चलचित्र ‘प्रसाद’ मंसिर २१ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रको रिलिज नजिकिँदै गर्दा उनी डर र उत्साह दुवै रहेको बताउँछिन् ।

‘कस्तो हुने हो भन्ने डर एकातिर छ भने फरक भूमिका निभाएका कारण उत्साह पनि छ । डेढ वर्षपछि पर्दामा आउन लागेका कारण दर्शक भेट्न पनि आतुर छु’, उनी भन्छिन् । उनले आफूलाई दर्शकले लभस्टोरी चलचित्रमा मात्र रुचाएको कुराको पनि खण्डन गर्न भ्याइन् ।


उनी मिडिया र मेकर्सले मात्र आफूलाई लभस्टोरी चलचित्रमा रुचाएको तर्क पेश गर्छिन् । दर्शकले ‘छड्के’, ‘ताण्डव’ जस्ता चलचित्र रुचाएको बताउँदै नम्रता अगाडि भन्छिन्, ‘फेसबुक, इन्स्टामा मलाई लभस्टोरीभन्दा फरक जनराको चलचित्र गर्न आग्रहका म्यासेजहरु धेरै छन् । ‘जाइरा’ कहिले आउँछ भन्ने प्रश्न बढी हुन्छ । यसैले दर्शकले मलाई फरक भूमिकामा हेर्न चाहन्नुहुन्छ भन्ने लाग्छ ।’

दर्शकले खोजेको फरक भूमिकामध्ये ‘प्रसाद’ मा निभाएको भूमिका एक रहेको उनको भनाई छ । आफूलाई चलचित्रभरी हुन कुनै चाहना नभएको पनि उनी बताउँछिन् । ‘मेरो चलचित्रमा म ‘थ्रु आउट’ कहिल्यै हुँदिनँ । तर, मेरो क्यारेक्टरले त्यो स्टोरी र चलचित्रमा इम्प्याक्ट पारोस् भन्ने सोच हुन्छ’, उनी भन्छिन् । ‘प्रसाद’ मा उनको अपोजिटमा अभिनेता विपिन कार्की छन् ।

दिनेश राउत निर्देशित चलचित्रमा निर्देशक निश्चल बस्नेत पनि प्रमुख भूमिकामा छन् । ‘लै लै’ बोलको गीतले नै यो चलचित्रको राम्रो हाइप निर्माण गरेको छ । यस्तै, सार्वजनिक ट्रेलरले दर्शकमा चलचित्रप्रति अपेक्षा बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu