हेर्नुहोस् प्रियंका चोपडाको नेपाली चलचित्र ‘पाहुना’ को ट्रेलर



बलिउड अभिनेत्री प्रियंका चोपडा निर्मित नेपाली चलचित्र ‘पाहुना : द लिटिल भिजिटर्स’ को अफिसियल ट्रेलर लञ्च भएको छ । नेपाली भाषामा अंग्रेजी सबटाइटल राखेर ट्रेलर तयार पारिएको छ । पाखी ए टायरवाला निर्देशित चलचित्र ७ डिसेम्बर, २०१८ (मंसिर २१) मा रिलिज हुँदैछ ।


एक बालकले आफ्ना दुई भाई-बहिनीका लागि गरेको संघर्ष ट्रेलरमा देखाइएको छ । चलचित्रलाई प्रियंका र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्माण गरेको हो । चलचित्रले नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथा वाचन गरेको छ ।

जर्मनीमा गएको महिना सम्पन्न ‘श्लिंगेल इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिवल’ मा ‘पाहुना’ ले अन्तर्राष्ट्रिय फिचर फिल्म श्रेणीमा बेस्ट फिल्म (जुरी च्वाइस) र स्पेशल मेन्सन बाई प्रोफेशनल जुरी अवार्ड जितेको थियो । इसिका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राई, विनोद प्रधानलगायतका नेपाली कलाकारहरुको चलचित्रमा अभिनय छ ।

ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu