‘गोपी’ को ‘लक्ष्मी कहिले काली…’ गीत रिलिज (भिडियो)



माघ १८ गते रिलिज हुने निर्देशक दीपेन्द्र लामा निर्देशित चलचित्र ‘गोपी’ को पहिलो गीत रिलिज भएको छ । भजन शैलीको ‘लक्ष्मी कहिले काली…’ गीतको शब्द साहित्यकार बुद्धिसागरले लेखेका छन् । संगीतकार अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर गीत कम्पोज गरेका हुन् ।

गीतलाई ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका छन् । संगीतकार पोखरेल बजारमा लोकगीतको लहर चलेको बेला फरक गीत बनेकोले सकारात्मक प्रतिक्रिया पाउनेमा विश्वस्त सुनिए । ‘मौलिक गीत तयार पार्न निकै गाह्रो छ, तर यो गीत भाका, शब्द र वाद्यवादनका हिसाबले परिपक्व बनेको छ’, उनी भन्छन् ।


गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउतलगायत फिचर्ड छन् । आरोही केसीद्वारा निर्मित चलचित्रको कथाकै माग अनुसार गीत तयार पारिएको निर्देशक लामा बताउँछन् । भन्छन्, ‘चलचित्रका मुख्य पात्र हिन्दू र गाई पाल्ने भएकाले गीतमा उक्त आस्था झल्काउने प्रयास गरेका छौं ।’

चलचित्रमा सुरक्षा पन्त, अंकित खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणी नेपाललगायतको पनि प्रमुख भूमिका छ । सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा शैलेन्द्र डि. कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu