प्रदीप र जसिताको ‘लभ स्टेशन’ को इन्डक्ल्याप



अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले दोस्रो पटक सहकार्य गरेको चलचित्र ‘लभ स्टेशन’ को इन्डक्ल्याप पनि केक काटेर गरिएको छ । बुधबार बेलुका ललितपुरको गोदावरी रिसोर्टमा केही दृश्य कैद गरेपछि चलचित्रको छायांकन सकिएको हो ।

यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । निर्देशक घिमिरेका अनुसार, अब बाँकी दुई गीतमध्ये हिउँ राम्ररी परेपछि एउटा गीतको मनाङमा र अर्को गीत आगामी अंग्रेजी नयाँ वर्षको छेको पारेर जापानमा छायांकन गरिने छ । चाँडै फस्ट लुक्समार्फत चलचित्रको रिलिज डेट घोषणा गरिँदैछ ।


यसका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । प्रेमकथामा आधारित यो चलचित्रको दर्जिलिङ, कलिङपोङ, मिरिक, फिक्कल, कन्याम, इलाम, श्रीअन्तु हुँदै काठमाडौं उपत्यकामा छायाँकन गरिएको छ । चलचित्रमा प्रदीप र जसिताका अलावा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याललगायतको अभिनय छ ।

‘लभ स्टेशन’ लाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको चलचित्रमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu