‘गरुड पुराण’ को ‘म त पिरिममा’ गीत रिलिज (भिडियो)



चलचित्र ‘गरुड पुराण’ को सार्वजनिक गीत ‘म त पिरिममा’ बोलको गीतमा निश्चल बस्नेत पनि देखिएका छन् । निर्माण पक्षले सार्वजनिक गरेको पहिलो गीतमा निश्चलसँगै चलचित्रका कलाकारहरु कर्मा र नव नायिका प्रियंका सिंह ठकुरी फिचर्ड छिन् ।

गीतमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन देखिएकी छिन् । गीतमा कोशिश क्षेत्री संगीत रहेको छ भने यसलाई दिनेश राउतले लेखेका हुन् । गीतमा कोशिश र मनिषा पोखरेलको आवाज रहेको छ ।

कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन् । पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हास्यरस पनि रहेको निर्देशक सुबास कोईरालाको भनाई छ ।

‘चलचित्रलाई रमाइलो बनाउने प्रयास गरेका छौं, त्यही अनुरुप गीत पनि तयार गरेका हौं’ निर्देशक कोइराला भन्छन्, ‘गीतलार्इ चलचित्रकै कथा अनुसार तयार गरेका हौं ।’

आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो चलचित्रको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu